पश्चिम तराईमा अत्यधिक गर्मीको कहर, जनजीवन नराम्ररी प्रभावित
_aEX61M62f4_t53lpazlzjxjddihjgtvtuygj4frnfvpalzxhrg3xfliwfnebpskk22v86vo_UC83hNkS1m_efettrykuh5mjrjrtct6swfo1cjo36zjptpmjwbpzin31ud6uarllgizye5w.jpg)
अत्यधिक गर्मीले पश्चिम तराईको जनजीवन नराम्ररी प्रभावित बनेको छ । बिहानदेखि लाग्ने चर्को घामले सडकमा आवतजावत निक्कै पातलो छ । उखरमाउलो गर्मीले सर्वसाधारण घरभित्रै खुम्चिन बाध्य छन् । अस्पतालमा बिरामीको संख्या बढिरहेको छ । देशकै सबैभन्दा बढी गर्मी हुने सहरको रुपमा परिचित बाँकेको नेपालगन्जमा केही दिनयता यसवर्षकै गर्मीले जनजीवन प्रभावित भएको छ । बाँकेको तापक्रम ४४ डिग्री सेल्सियस नाघेसँगै लू चल्दा मजदुर, रिक्साचालक र खुला ठाउँमा काम गर्नेहरु सबैभन्दा बढी प्रभावित भएका छन् । उता, सुदूरपश्चिमको धनगढीमा बिहीबार २९ वर्षपछिकै उच्च भएको तापक्रम मापन भएको छ । दिउँसो पौने तीन बजे ४४ दशमलब १ डिग्री सेल्सियस मापन भएको हो । अत्यधिक गर्मीसँगै तातो हावा चल्दा दैनिक ज्याला मजदुरी गरेर खर्च जुटाउने कामदारको दैनिकी प्रभावित भएको छ । कडा घामसँगै तातो हावा चल्दा हिँडडुल गर्न निक्कै सास्ती भएको छ । सोमबारबाट सदरमुकाम कपिलवस्तु सदरमुकाम तौलिहवाको अधिकतम तापक्रम ४१ दशमलव १ डिग्री सेल्सियस पुगेको छ । गर्मी बढेपछि स्थानीय तहमा विद्यालय शुक्रबारसम्मका बन्द गरिएको छ । गर्मीले बाहिर निस्कने अवस्था नहुँदा ज्याला मजदुरी गर्नेहरु बढी मारमा छन् । गर्मीले सरकारी कार्यालयमा सेवाग्राहीको चाप घटेको छ भने अस्पतालहरुमा बिरामी बढेका छन् । गर्मी बढेकै कारण विभिन्न खालका समस्या लिएर अस्पताल पुग्ने विरामी पनि बढेका छन । ज्वरो, रुघाखोकी, आउँ, टाइफाइड, झाडापखाला र छाला रोगका बिरामी बढेका हुन । बिहीबार धनगढीसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १२ वटा मापन केन्द्रमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी दरको अधिकतम तापक्रम मापन भएको थियोरु। ४० डिग्रीभन्दा माथिको तापक्रमले खतराको संकेत गर्ने मौसमविद् बताउछन।

राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री ओली
हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि
साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि
भारी’ अमेरिकी बम जेरूसेलम आइपुगेको इजरायली रक्षा मन्त्रालयद्वारा पुष्टि
परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता
बेलुन विष्फोट घटनाः आठ सदस्यीय छानबिन समिति गठन

प्रतिक्रिया