इरानको राष्ट्रपतिमा सुधारवादी नेता पेजेस्कियान विजयी

काठमाडौ । इरानको राष्ट्रपतीय निर्वाचनमा सुधारवादी नेता मसुद पेजेस्कियान विजयी भएका छन् । उनले कट्टरपन्थी नेता सईद जलिलीलाई पराजित गर्दै राष्ट्रपति चुनिएका हुन् । हालसम्म गणना गरिएको तीन करोड मतमध्ये डा. मसुद पेजेस्कियानले ५३.३ प्रतिशत मत प्राप्त गरेका छन् भने जलिलीले ४४.३ प्रतिशत मत ल्याएका छन् । जुन २८ गते भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत पाउन नसक्दा चिर्वाचन दोस्रो चरणमा धकेलिएको थियो । इरानका पूर्वराष्ट्रपति इब्राहिम रायसीको राष्ट्रपति पदमा रहँदा यसै वर्षको मे महिनामा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । इब्राहिम रायसी पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्कँदै गर्दा उनको हेलिकप्टर दुर्घटना भएको हो ।  उक्त दुर्घटनामा राष्ट्रपति र परराष्ट्रमन्त्रीसहित नौ जनाको मृत्यु भएको थियो । त्यसपछि इरानमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो ।
 

प्रतिक्रिया