भारतीय राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहालले भारतिय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् भारतको औपचारिक भ्रमणमा रहेका दाहालले नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा राष्ट्रपति मुर्मुसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्ताका क्रममा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री प्रचण्डबीच नेपाल–भारतबीच सदियौंदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी उहाँहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको थियो ।
आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री दाहालले साँझ प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । शपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र उनका समकक्षी मोदीबिच भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ नै राष्ट्रपति मुर्मुले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए। उनी आज साँझ स्वदेश फर्कदै छन् ।
प्रतिक्रिया