सरकारले प्रस्तुत गरेको बजेटमाथि आजबाट छलफल, तीन दिनपछि अर्थमन्त्रीले जवाफ दिने

आगामी आर्थिक वर्ष ०८१/८२ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि आजबाट छलफल हुँदैछ । बजेटमाथि सामान्य छलफललाई प्रतिनिधि सभाले पनि सम्भावित कार्यसूचीमा राखेको छ । छलफलका लागि बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गरेका थिए । प्रतिनिधि सभामा आइतबार, सोमबार र मंगलबार बजेटमाथि छलफल हुनेछ भने बुधबार अर्थमन्त्री वर्षमान पुनले जवाफ दिनेछन् । त्यस्तै, राष्ट्रिय सभामा प्रस्तुत उक्त बजेटको राजश्व तथा वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि १ः१५ बजे बैठक डाकिएको छ । राष्ट्रिय सभामा ३ दिन बजेटमाथि छलफल सकेर २३ गते अर्थमन्त्रीले जवाफ दिनेछन् ।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_LMLDDO2jZt_pgvkkigrdvdu5vio5v2hf9uokvuoyu3hdrdtzxvrqqkqqjaaoqvflfmjh8l9.jpg)
प्रतिक्रिया