सरकार पुर्नगठनको तयारीमा प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार पुर्नगठनको तयारी थालेका छन । मन्त्रिपरिषद् पुनर्गठन र प्रदेश सरकारहरुलाई पूर्णता दिन सत्ता साझेदार दल सहमत भएका हुन । एमाले र माओवादीबाट अब एक एक जना मन्त्री फिर्ता गरेर साना दललाई मन्त्रालय दिने तयारी भएको हो । माओवादीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय रिक्त गर्ने र उक्त मन्त्रालयमा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ जाने भएकी छन् । एमालेबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय खाली गर्ने तयारी भएको छ । त्यो मन्त्रालय जनमत पार्टीलाई दिने बताइएको छ । संघसँगै प्रदेश सरकारहरुलाई पनि पूर्णता दिने तयारी भएको छ । कोशी प्रदेशमा एकीकृत समाजवादीबाट एक जना मन्त्री सरकारमा जानेछन् । मधेशमा एकीकृत समाजवादीको दावी बमोजिम दुई वटै मन्त्रालय छोड्न ओली–दाहाल सहमत भएका छन् । सुदुरपश्चिममा एमाले पनि सरकारमा जाने भएको छ ।

प्रतिक्रिया