बजेट पूर्वाग्रह राखेर निर्माण गरिएका राप्रपा अध्यक्ष लिङदेनको आरोप

स्थानीय तह केन्द्रीत हुन नसकेको प्रतिपक्ष कांग्रेसको गुनासो


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी आर्थिक वर्षको बजेट पूर्वाग्रह राखेर बनाइएको बताएका छन । आजको प्रतिनिधि सभाको बेठकमा विनियोजन विधेयकमा खर्च कटौती प्रस्ताव राख्दै्र उनले अर्थमन्त्री र मन्त्रीहरुले आफ्ना कार्यकर्ता र आफ्नो क्षेत्रलाई खुशी बनाउने गरी बजेट ल्याएको आरोप लगाएका  हुन । अध्यक्ष लिङदेनले बजेटप्रति असहमति व्यक्त गर्न मात्रै आफूहरु बजेटमाथिको छलफलमा भाग लिइरहेको बताए ।
सन्तुलन मिलाउन नसक्दा अहिले लोड सेडिङ भइरहेको दाबी गर्दै अध्यक्ष लिङदेनले विदेशीको हातमा आयोजना राख्न दिने भन्दा पनि आफ्नै लगानीबाट नेपालमा उर्जाको उत्पादन गर्न आवश्यक रहेको स्पष्ट पारे । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले बजेट स्थानीय तह केन्द्रित हुन नसकेको बताए । अहिले बनाउनुपर्ने स्थानीय तह भएपनि बजेटमा संघ केन्द्रित गरिएको उनको आरोप छ । 
सांसद खतिवडाले सामान्य प्रशासन र संघीय मामिला मन्त्रालयले स्थानीय तहमा जनतालाई पुग्ने खालका अधिकारहरु स्थापित गर्नुपर्ने बताए । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जिल्ला समन्वय समिति खारेज गर्न सरकारसँग माग गरे । स्थानीय तहको काममा संघ र प्रदेश सरकारले हस्तक्षेप गर्न नहुने उनको भनाइ छ । 
सांसद डा. अमरेशकुमार सिंहले अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका बजेट केही व्यापारीहरुको रुचिमा बनाएको आरोप लगाए । 
सांसद सिंहले नेपालले अहिले नै विद्युत निर्यात गर्ने अवस्था नरहेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।
 

प्रतिक्रिया