सहकारी ठगीमा संलग्न प्रत्येकको हिसाब मागिन्छ: गगन थापा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/gagan-kumar-thapa_PxUFQ93DYR_radx4peiyuia51qdvsohcdzgcm8kmzfqpsgssgb9edaz2f6ygunc0vzccgfz_KmkLU8nnvi_hyvzrqahs2vu1pdfh4r0bjtcn9qaxc3oxmohtznoccvqom8ambunim2oqgyf_Pmq1NUIApD_nxfm8rxzmvkxhe5wvwgaj44zn1aqn6v61efxlqgvzngji5hele8qk9vj8emr_IIev08Hc01_esgjyz4anoc8ch6jolx6sdivmr3ljzahozi4d9wvetgz0uktsbfgguwyxrrx.jpg)
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले सहकारी ठगीमा संलग्न प्रत्येकको हिसाब माग्ने बताएका छन । सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै समितिको कार्यादेशअनुसार नै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने छानबिनको दायरामा आउने उनले दाबी गरेका हुन । निजी संस्थाले कुनै पनि सहकारीबाट पैसा लिन नपाउने भए पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीबाट रकम लिएको थापाको दाबी छ ।
महामन्त्री थापाले संसदीय समितिले बचतकर्ताको जोखिममा परेको र डुबेको रकम फिर्ता गर्ने उपायसँगै आवश्यक परे कानुन नै संशोधन गर्न पनि सिफारिस गर्नेपनि उल्लेख गरेका छन । संसदीय समिति गठन भन्दा सत्तारुढ दल संसद अधिवेशन नै अन्त्य गर्नतिर लागेकाले कांग्रेस गृहमन्त्री लामिछानेको नाम उल्लेन नगरी संसदीय समिति गठन गर्न सहमत भएको पनि उनले स्पष्ट पारेका छन ।।
प्रतिक्रिया