महिनावारीको समयमा महिला ट्राफिकले ड्युटी गर्नु नपर्ने
ट्राफिक महिला प्रहरीले अबदेखि महिनामा चार दिन सडकमा काम गर्नु नपर्ने भएको छ । महिनावारीको समयमा कमजोर हुने महिला प्रहरीको स्वास्थ्यलाई ख्याल गर्दै गृह मन्त्रालयले चार दिन सडकमा खटनु नपर्ने व्यवस्था गरेको हो ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको सानो प्रयासस्वरूप महिनावारीको चार दिन महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्नु नपर्ने व्यवस्था गरेको जनाएका छन् । मापसे लगायत ट्राफिक नियम उल्लंघन गर्नेलाई महिला ट्राफिक प्रहरीको साटो सेवकका रूपमा सघाउन पनि उनले आग्रह गरेका छन् ।।
प्रतिक्रिया