नेपाल ६ महिना बसेर अनुसन्धान गर्न चाहने विद्यार्थीलाई भिसा दिने तयारी

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेले ६ महिना भन्दा बढी समय नेपालमा आइ अनुसन्धान गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्ने बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा उनले कुनैपनि देशबाट नेपालमा आइ ६ महिना भन्दा बढी अध्ययन, अनुसन्धान गर्न चाहनेहरुका लागि विद्यार्थी भिसा उपलब्ध गराउनुपर्ने बारेमा सरकारी स्तरमा छलफल भइरहेको बताएका हुन् । उनले सरकारले आगामी आर्थिक वर्षभित्र देशमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको उल्लेख गर्दै १५ लाखमध्ये ५ लाख विद्यार्थीहरु नेपाल भित्र्याउन सक्नुपर्ने बताए । उनले संसारमै नभएका कुराहरु नेपालमा रहेको भन्दै अध्ययनका लागि महत्वपूर्ण गन्तव्यस्थल बन्न सक्ने जिकिर गरे । 
सचिव काफ्लेले विश्वविद्यालयको शिक्षालाई सक्षमताको कसी र ग्लोवल इस्युमा हेर्न आवश्यक रहेको बताए । 

प्रतिक्रिया