सांसद केसी र मण्डलले संसदमा राखेको अभिव्यक्तिप्रति शिक्षामन्त्री श्रेष्ठको आपत्ति

 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बुधबार प्रतिनिधिसभामा सांसदहरु राजेन्द्र केसी र योगेन्द्र मण्डलले हिजो संसद्रुमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन । सांसद केसीको सम्बोधनमा प्रयोग गरिएको वाक्यांशले सम्पूर्ण महिलालाई असक्षम र संकिर्ण सोच भएको अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाएकी हुन । यस्तै अर्का सांसद मण्डलले वैवाहिक बलत्कार जस्तो जघन्य अपराधका बारे बोल्दै गर्दा नारीलाई कसैको ‘रहर पूरा गर्ने साधन’को रुपमा चित्रण गरेको भन्दै उनले आपत्ति जनाएकी हुन । हिजो सांसद अर्का सांसद राजेन्द्र केसीले सदनमा सम्बोधन गर्दा एउटा वाक्यांश प्रयोग गर्नु भएछ – “सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था आउँथेन होला भन्ने टिप्पणी गरेका  थिए ।  सांसद केसीले सम्पूर्ण महिलालाई नै असक्षम र संकिर्ण सोच भएको हुने भन्ने कुतार्किक अभिव्यक्ति दिएको उनको भनाइ छ । सांसदद्वयको टिप्पणीले आफूलाई स्तब्ध बनाएको मन्त्री श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया