मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने कसरत सुरु
काठमाडौ । मधेश प्रदेशमा जनता समाजवादी पार्टीको सरकार विस्थापित गरी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने कसरत सुरु भएको छ ।एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बीच सहमति जुटेसँगै नेताहरु सरकार गठनका लागि पहलमा जुटेका हुन । जसपाका सरोजकुमार यादवको नेतृत्वको मधेश सरकारबाट एमाले र माओवादी बाहिरिएका छन् । एमाले, माओवादीको मूल नेतृत्व जनमतलाई मुख्यमन्त्री दिएर केन्द्रीय समीकरण अनुसार मधेश सरकार बनाउने गृहकार्यमा नेताहरु जुटेका हुन । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २३ मा विश्वासको मत लिने प्रदेशसभाको तालिका छ । त्यसपछि बहुमतसहित जनमतको सरकार बन्ने बताइएको छ ।
प्रतिक्रिया