सांसदलाई ५ करोड बाड्ने मधेश सरकारको निर्णयविरुद्ध रिटको आज सुनुवाई

मधेश प्रदेश सभाका सांसदहरुलाई पैसा बाड्ने मधेश प्रदेश सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दामयर रिटमाथि आज सुनुवाई हुँदैछ ।

सो रिट सुनुवाईका लागि सर्वोच्चका न्यायाधीश शारंगा सुवेदीको एकल इजलासमा पेशी तोकिएको छ । मुख्यमन्त्री सतिश सिंह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोडको योजना दिने निर्णय गरेको थियो ।

सो निर्णयविरुद्ध मंगलबार मनिषकुमार मण्डल, पारितोषकुमार साह र आबिद हुसैनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्याललाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।

प्रतिक्रिया