विकासको नाममा खोला, कुला मासेर सडक निर्माण थालेपछि स्थानीयहरु आन्दोलित

चाँगुनारायण नगरपालिकामा बस्ती विकासको नाममा खहरे खोला, कुलो, खोल्सा मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित भएका छन् ।  चाँगुनारायण नगरपालिका वडा नं २ स्थित असल छिमेकी टोलमा बस्ती विकासको नाममा खहरे खोला, कुलो, खोल्सा मासेर हिम पाइप राखि सडक निर्माणको काम थालेपछि स्थानियहरु आन्दोलति भएका हुन् । उनीहरुले नक्सामा १२ देखि १५ फिट रहेको खहरे खोला कुलो, खोल्सा मासेर हिम पाइप राख्ने काम गर्दा बस्ती नै डुबानको चपेटामा परेको गुनासो पनि गरेका छन् । 
खोला, कुलो, खोल्सा मासेर हिम पाइप राखि सडक निर्माण भएको बिरोधमा स्थानिय मात्रै नभई जनप्रतिनिधिहरु समेत आन्दोलित भएका छन् । 
नगरपालिका र वडाको योजनाअनुसार तीन वटा उपोभोक्ता समितिमार्फत काम भइरहेको जानकारी गराउँदै नियम विपरित कुनै पनि काममा हस्ताक्षर नगर्ने भनी बिरोध जनाउँदा तथा नगरपालिकाले रोक्न पत्र काट्दा समेत रातको समय काम हुने गरेको गुनासो स्थानीयको छ । चाँगुनारयाण नगरपालिकामा बस्ती विकासको नाममा खोला, कुलो, खोल्सा मासेर हिम पाइप राखि सडक निर्माण गर्ने कार्य पछिल्लो समय बढेको छ । 

प्रतिक्रिया