अस्पतालहरुलाई आफ्नै फार्मेसी सञ्चालन गर्न महानगरको निर्देशन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Kathmandu%252520Plaza_fwQwbHuhgK_xreobo0el2bfinhfaquin61qrramkaixajpfznj7kriplrtvs8fnafk1pwmq_FgQ3sy8rYC_l1m7yqwusremskjyggavxtlytrxrofjsdyodnyhyw0jninnwm9esb98rrvmf_Gjatk1UULK_dxl9mpfripahk2uzuqs8zlezk9p2hlx3udi8nfxnm39vwes9nrzj51o3zc2l.jpg)
काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ। महानगर क्षेत्रमा सञ्चालित अधिकांश अस्पतालले आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन नगरेकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र अनिवार्य रूपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको हो ।
प्रतिक्रिया