आठौँ प्रधानमन्त्री कप भलिबल लिग काठमाडौंमा शुरु, पुलिस र हेल्प नेपालको विजय सुरुवात
काठमाडौ । आठौँ प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला भलिबल लिग आजदेखि शुरु भएको छ । लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपालले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पहिलो खेलमा हेल्प नेपालले बूढानीलकण्ठ भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै लिगमा विजयी सुरुवात गरेको हो । हेल्प नेपालले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१२ को जित निकालेको थियो । तर, तेस्रो सेट भने हेल्प नेपाल २७–२९ ले गुमाउन पुग्यो । चौथो सेटमा बूढानीलकण्ठमाथि हेल्प नेपालले २५–२२ को जित निकाल्यो । अर्को खेलमा पुलिस क्लबले सुदूरपश्चिम स्पोर्ट्स् काउन्सिललाई सोझो सेटमा हराएको छ । पुलिस क्लबले सुदुरपश्चिमलाई २५–२०,२५–१५ र २५–१६ ले हराएको हो । संघका अनुसार आज पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई गरी ६ खेल हुँदैछन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुने प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ वटा टोली रहेका छन् । लिग चरणको खेलमा पुरुषतर्फ हरेक दिन चार वटा खेल हुनेछ भने महिलातर्फ लिग चरणमा जेठ २२ गते तीन वटा खेल हुँदा अरू दिन दुई वटा खेल हुनेछ । लिग चरणपछि पुरुष र महिला दुवैतर्फ शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । लिगमा पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब रहेका छन् । यस्तै महिलातर्फ एभरेस्ट भलिबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमन्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश रहेका छन् । प्रतियोगिता जेठ २६ गतेसम्म चल्नेछ । पुरुष र महिला दुवैतर्फको विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ पाउनेछन् ।

एन.पि.एल. : आज लुम्बिनी र कर्णाली तथा विराटनगर र चितवन खेल्दै

नेपाली क्रिकेट टोलीको मेन्टरमा दासानायके नियुक्त
श्रीलंकाबाट फर्किए काभा भलिवल उपविजेता नेपाली टोली, विमानस्थलमा टीका र जमरा…
नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छः राष्ट्रपति पौडेल

एन्फा महिला लिगमा आर्मीद्वारा बागमती युथ क्लब पराजित

ओलम्पियाड खेल्ने नेपालको चेस टोलीलाई हङ्गेरीले दिएन भिसा
अभ्यास खेलमा नेपाल श्रीलंकाको डेभलभमेन्ट क्लबसँग पराजित

प्रतिक्रिया