विद्युतीय सामग्रीको प्रयोग बढाउन उपसभामुख रानाको आह्वान
उपसभामुख इन्दिरा रानाले विद्युतीय सामग्रीको प्रयोग बढाउन आह्वान गरेकी छिन । विश्व वातावरण दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले जलवायु परिवर्तनको असर दिन प्रतिदिन बढिरहेको भन्दै असर न्युनिकरणका लागि सबैले पहल गर्न आवश्यक रहेको बताएकी हुन । उपसभामुख रानाले हरेक दिनचर्यामा जलवायु परिवर्तन कम गर्ने कार्यमा लाग्नुपर्ने स्पष्ट पारिन ।
उपसभामुख रानाले जलवायु परिवर्तनका असर कम गर्न एक्शन प्लान बनाएर काम गर्न जरुरी रहेको बताइन । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले विकासको नाममा जलवायु प्रतिकुल संरचना बनाउनेहरुसँग सरकारले क्षतिपूर्ति भराउनुपर्ने बताए ।
पूर्व प्रधानन्यायाधीस श्रेष्ठले वातावरण विनाश र त्यसले निम्त्याउन सक्ने जलवायुजन्य विपद्काबारे सजग र शतर्क नहुने हो भने भविष्यमा हाम्रा विकासले विपद् निम्त्याउने चेतावनी दिए । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनातर्फ इंगित गर्दै उनले परिणाम निकाल्न नसक्नेहरुसँग वातावरण विनास गरेबापतको क्षतिपूर्ति माग्नुपर्ने दाबी गरे ।
प्रतिक्रिया