दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप गरिन्छ: ऊर्जामन्त्री
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप गर्ने बताएका छन । आज प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ‘आइएसए’को स्थापनासँग सम्बन्धित सम्झौता माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले दुई वर्षभित्रमा एक हजार मेघावाट विद्युत सोलारबाट थप गर्ने बताएका हुन । मन्त्री बस्नेतले सम्झौता राष्ट्रको हितमा भएको भन्दै राष्ट्रको हितमा नै काम गर्दै जाने समेत बताए ।
यसअघि सम्झौतामाथिको छलफलमा भाग लिदै सांसहरुले कुनैपनि सन्धी गर्दा आवश्यक छ की छैन भन्ने अध्ययन गरेर मात्रै गर्नुपर्ने र अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता प्रक्रियागत रुपमा उल्टो भएको बताएका थिए ।
सांसदहरुले नेपाल जलश्रोतको धनी देश भएपनि अहिले लोड सेडिङ बढिरहेको भन्दै गुनासो गरेका छन । छलफलपछि अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभाले अनुमोदन गरेको छ ।
प्रतिक्रिया