मधेस प्रदेशले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

मधेस प्रदेश सरकारले आज आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । आज दिउसो दुई बजे प्रदेश सभा बैठकमा नीति कार्यक्रम सार्वजनिक हुन लागेको हो । बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १८४ को उपधारा ९२० बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१।८२ को वार्षिक नीति तथा कार्यक्रम मार्फत सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। संवैधानिक व्यवस्था अनुसार नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेर छलफल गरेर पारित गरेपछि असार १ गते बजेट ल्याउन पर्ने छ । मधेसमा जनमत पार्टीको नेतृत्वमा मधेस सरकार गठन भएपछि सरकारले नीति कार्यक्रम ल्याउन लागेको हो । मधेस सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अहिले विश्वासको मत समेत लिएका छैनन् । मधेस प्रदेशले चालु आर्थिक वर्षमा २५ अर्ब ५७ करोड विकास बजेट विनियोजन गरेकोमा अहिलेसम्म ४ अर्ब ८९ करोड अर्थात् १९ दशमलव १४ प्रतिशतमात्रै खर्च गरेको छ ।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_YbAequ1o3X_vnhmo0wd0it6cwqkpz5fs4ykdb0ls573vmjozb6fymmbnsmgopyakipshshn.jpg)
प्रतिक्रिया