६ किलो सुनसहित काठमाडौंमा चिनिया तस्कर पक्राउ
४८ लाख रुपैयाँ समेत बरामद

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । सीआईबीले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित गएराति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेका चिनियाँको विवरण सार्वजनिक गरिएको छैन । सुनको तौल परीक्षण लगायतको काम भैरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीमै रहेको व्यक्ति रहेको बताइएको छ । त्यसैगरी सुन तस्करीमा संलग्न भएको आरोपमा भारतको दिल्लीमा दुई जना पक्राउ परेका छन । उनीहरुलाई नेपाल ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_LMLDDO2jZt_pgvkkigrdvdu5vio5v2hf9uokvuoyu3hdrdtzxvrqqkqqjaaoqvflfmjh8l9.jpg)
प्रतिक्रिया