चीनले आफ्नो देशमा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गरेको छ । चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिने क्रम घटदो क्रममा रहेपछि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आज यो घोषणा गरेको हो । संक्रमण सुरु भएको भनिएको चीनमा भने नयाँ बिरामी घटेका छन् । विरामी घटेपछि चिनिया राष्ट्रपति सी जीनपिङले मंगलबार कोरोना भाइरसको उदगमस्थल मानिएको वुहानको भ्रमण समेत गरेका थिए । हिजो चीनमा २४ जना मात्र नयाँ बिरामी थपिएका थिए । २२ जनाको मृत्यु भएको थियो । चीनमा हालसम्म ८० हजार ९ सय ६७ जनामा संक्रमण देखिएको छ । ३ हजार १ सय ३६ जनाको मृत्यु भएको छ ।
चीनले आफ्नो देशमा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गर्यो

Post navigation
Posted in: