काठमाडौं : डा.युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन् । प्रधानमन्त्री केपी ओलीले आज खतिवडालाई पुनः अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । खतिवडाले आजै अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित खतिवडाको दुईवर्षे कार्यकाल मंगलवार सकिएको थियो । उनले आफ्नो कार्यकाल सकिएलगत्तै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । लगत्तै राष्ट्रपतिले उनको राजीनामा स्वीकृत गरेकी थिइन् ।