ADVERTISING

Breaking News

जनार्दन शर्माल गलत तथ्यहरु राखेर स्वेतपत्रको नाममा कसैलाई नतर्साउन सरकारलाई चेतावनी दिए

काठमाडौं : सत्तारुढ नेकपाका सांसद जनार्दन शर्माले स्वेतपत्र जारी गरेर कसैलाई नतर्साउन चेतावनी दिएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले गलत तथ्यहरु राखेर स्वेतपत्रको नाममा कसैलाई नतर्साउन सरकारलाई चेतावनी दिएका हुन । भाडा प्रकरणमा जोडिएका मानिसको नाम नलेखेको तर नभएको नाम लेखिएको भन्दै शर्माले यसको जवाफ प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले दिनुपर्ने माग समेत गरे ।

सांसद शर्माले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेका निर्णयहरुमा नाम उल्लेख नहुनु र त्यो भन्दा अगाडीको सरकारले गरेका निर्णयमा नाम लेखिनुले पनि आशंका उब्जाएको बताए । उनले ट्रष्टले लिजमा दिएका सबै सम्पत्ति फिर्ता गरेर नयाँ तरिकाले अगाडी बढ्न सुझाव समेत दिए ।

leave a reply