ADVERTISING

Breaking News

राष्ट्रपति भण्डारी आज सुदूरपश्चिम प्रदेशको भ्रमणमा जाँदै

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज सुदूरपश्चिम प्रदेशको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दैछिन् । भण्डारीले तीन दिने भ्रमणका क्रममा बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ ।

बुधबार दिउसो धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उदघाटन र २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । बिहीवार दिउँसो बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विशेष पूजाआजा गर्न कार्यक्रम छ ।

बिहीबार नै दार्चुलाको शैल्यशिखर मालिकार्जुनधाममा पनि राष्ट्रपतिले विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको छ । यस्तै, शुक्रबार बिहान १० बजे डडेल्धुरास्थित उग्रताराको दर्शन गर्ने दिउसो कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ । उनी १७ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

leave a reply