काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीहरुलाई कार्यभार थपिएको सम्बन्धी पत्र पढेर सुनाउने तथा विभिन्न विधेयक छलफल र पारितका लागि पेश गर्ने सम्भावित कार्यसूची छ ।
यसअघि प्रतिनिधिसभा नेपाली कांग्रेसले अवरोध गरेपछि स्थगित भएको थियो । आज भने विशेष समय लिएर बोल्ने र बैठक अबरुद्ध नगर्ने तयारी कांग्रेसको छ ।