ADVERTISING

Breaking News

ओलीको केकमा किचलो : यती समूहका सोनाम शेर्पाले लगेका थिए ४० केजीको केक, मूल्य कति ? हेर्नुहोस् भिडियो

  • सरोज पौडेल

काठमाडौं : अत्याधिक तामझामका साथ जन्मोत्सव मनाउने प्रधानमन्त्री केपी ओलीको शैलीको सर्वत्र विरोध भइरहेको छ । कम्युनिष्ट प्रधानमन्त्री ओलीले राजा महाराजाको शैलीमा जन्मोत्सव मनाएकोमा मात्र होइन नेपालको नक्शालाई केक बनाएर काटेकोमा पनि उनको विरोध भइरहेको छ ।

हेर्नुहोस् भिडियो :

नेपालको नक्शालाई केक बनाएर काटेको भन्दै प्रधानमन्त्री ओलीमाथि चर्को आलोचना भएको छ । प्रधानमन्त्री ओलीको जन्मोत्सवमा तेह्रथुमको आठराईमा नेपालको नक्शा अंकित केक हेलिकप्टरमा लगिएको थियो । ओलीको जन्मोत्सव मनाउन चारवटा हेलिकोप्टर आठराई पुगेका थिए । यती समूहका सोनाम शेर्पाले नेपालको नक्शा स्वरुपको ४० केजीको केक लिएर आफ्नै हेलीकप्टरमा प्रधानमन्त्रीलाई शुभकामना दिन पुगेका थिए । बालुवाटारको बिग बेक बेकरीमा बनेको यो केकको बजार मुल्य ५५ हजार रुपैया परेको थियो । मुलुकको साभौमिकता माथीनै प्रश्न उठने काम प्रधानमन्त्री बाट हुनु गम्भीर भएको विज्ञहरुको भनाइ छ ।

कतिपयले भारत, अमेरिका लगायत विदेशमा पनि सरकार प्रमुखको जन्म दिनमा देशको नक्शा अंकित केक काट्ने गरिएको तर्क पनी गरेका छन । तर, विदेशमा त्यस्तो प्रचलन छ भन्दैमा नेपालको नक्शालाई काटेर खानु उचित नभएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ । केक काटेर जन्मदीन मनाउने पश्चिमा संस्कृतीले अहीले ओली आलोचीत मात्र्रै भएका छैनन उनी माथी नेपालको नक्सा अंकीत केक काट्दा गम्भीर प्रश्न उठेको सिमा विद वुद्धीनारायण श्रेष्ठको भनाइ छ ।

तर, प्रधानमन्त्री ओलीले आफ्नो जन्मोत्सव राजा महाराजाको शैलीमा तडक भडकपूर्ण किसिमले मनाएर आलोचीत बनेका छन् । सञ्चारमन्त्री गोकुल बास्कोटाले दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएपछि सरकारतर्फ सोझिएको जनआक्रोशमा प्रधानमन्त्री ओलीको तडक–भडकपूर्ण राजसी जन्मोत्सवले आगोमा घिउ थप्ने काम गरेको छ ।

leave a reply