ADVERTISING

Breaking News

शिवमाया तुम्बाहाङ्फे कानून मन्त्रीमा नियुक्त, आजै शपथ ग्रहणको तयारी

काठमाडौँ : निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानून मन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई रिक्त रहेको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको बताइएको छ । तुम्बाहाङ्फेलाई आज साढे तीन बजे शपथ ग्रहण गराउने तयारी भएको छ ।

प्रतिनिधिसभाको सभामुख दावी गर्दै आएकी तुम्वाहाङ्फेले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको आग्रहमा राजीनामा दिएकी थिइन् । राजीनामा दिने समयमा नै उनलाई मन्त्री बनाउने सहमति भएको बताइएको थियो ।

समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवले राजीनामा दिएपछि कानून मन्त्री पद खाली छ । अहिले स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कानून मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका छन् ।

leave a reply