काठमाडौं : मकवानपुरको थाहानगरपालिका–४ को दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा आठजना भारतीय पर्यटक अचेत अवस्थामा भेटिएका छन् । उनीहरुलाई उपचारका लागि हेलिकोप्टकरबाट काठमाडौ ल्याइएको छ । उनीहरुको काठमाडौंको मण्डिखाटारमा रहेको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरुले दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा सोमबार रात बिताएका पर्यटक अचेत अवस्थामा भेटिएका हुन् । उनीहरु आठै जना एउटै कोठामा सुतेका थिए ।
दुईजना बस्नुपर्ने कोठामा आठजना बसेकाले अक्सिनजको कमी भइ बहोस भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । १५ जनाको समूह दामन घुम्न आएको र एउटा कोठामा सातजना अर्कोमा आठजनाले रात बिताएका थिए ।