ADVERTISING

Breaking News

सुन तोलामा ७०० रुपैयाँले बढ्यो

काठमाडौं : निकै उतार चढावकाबीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला ७०० रुपैयाँले वृद्धि भएको छ ।

महासंघले छापावाला सुनको मूल्य प्रतितोला ७४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ४०० रुपैयाँ तोकेको छ । मंगलबार छापावाला सुन प्रतितोला ७४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ७३ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । गत बधुबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।

सो दिन छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २०० रुपैयाँ पुगेको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा पनि प्रतितोला पाँच रुपैयाँले वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला ८८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । पछिल्लो समय मध्यपूर्वमा देखिएको तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतारचढाव देखिदै आएको छ ।

leave a reply