म्यानचेष्टर सिटीले तीन खेलअघि नै प्रिमियर लिगको उपाधि जितेको छ । गएराति भएको खेलमा दोस्रो स्थानको आर्सनल नटिङहम फरेस्टसँग १–० ले पराजित भएपछि सिटी नखेली च्याम्पियन बनेको छ । फरेस्टका लागि घरेलु मैदान ताइवो अवोनियीले निर्णायक गोल गरे । यस सिजन उत्कृष्ट सुरुआत गर्दै लामो समयसम्म शीर्ष स्थानमा रहेको आर्सनलले २००४ पछि पहिलो पटक लिग जित्ने लक्ष्य बनाएको थियो । तर पछिल्ला खेलहरुमा खराब प्रदर्शन गर्दा आर्सनल सफल हुन सकेन । आर्सनलको ३७ खेलबाट ८१ अंक छ र अब एक खेल बाँकी हुँदा शीर्ष स्थानको सिटीभन्दा ४ अंकले पछि छ । सिटीले सबै खेल हार्दा पनि आर्सनलले बाँकी एक खेल जितेर भेट्ने छैन । सिटीको ३५ खेलबाट ८५ अंक छ । सिटीले आज घरेलु मैदानमा चेल्सीसँग खेल्दैछ । गएराति खेलमा अर्को खेलमा म्यानचेष्टर युनाईटेडले बर्नेमाउथलाई १–० गोल अन्तरले हराएको छ । युनाईटेडको जितमा कासिमिरोले निर्णायक गोल गरे । गएराति भएको अर्कोे खेलमा लिभरपुलले एस्टन भिल्लासँग १–१ गोलको बराबरी खेलेको छ । खेलमा लिभरपुलका लागि रोबर्टो फिर्मिन्हो र एस्टनका जाकोब रामसेले गोल गरे । राति नै भएका खेलमा फुलहम र क्रिस्टल प्यालेसले २–२ गोलको बराबरी खेलेका छन् । उल्भ्स र एभर्टनले समेत १–१ गोलको बराबरी खेलेका छन् । लिगमा ३५ खेलवाट ८५ अंक सहित म्यानचेष्टर सिटी लिगको शिर्ष स्थानमा छ । दोस्रो स्थानको आर्सनलको ३७ खेलवाट ८१ अंक छ । तेस्रो स्थानको न्युक्यासलको ३६ खेलवाट ६९ अंक रहेको छ । युनाईटेडले ३६ खेलमा ६९ अंक सहित चौंथो स्थानमा रहेको छ ।
आर्सनल नटिङहमसँग पराजित भएपछि चार खेलअघि नै म्यानचेष्टर सिटी च्याम्पियन
