काठमाडाै । नेपाल सुनचाँदी कला व्यवसायी संघको नवौ अधिवेशनले घनश्याम रिजालको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
संघको उपाध्यक्षहरुमा काठमाडौंका विष्णुभक्त बराईली र धादिङका सानुबाबु बराईली चयन भएका छन् भने महासचिवमा सनराईज ज्वेलर्स चावहिलका संचालक समेत रहेका बालकुमार विश्वकर्मा सुमन निर्वाचित भएका छन । सचिवमा सुनसरीका प्रेमबहादुर विश्वकर्मा,सह–कोषाध्यक्षमा धादिङका सुदिप रसाईली चयन भएका छन् । यसैगरी सदस्यहरुमा दोलखाका दिपक धनुके,रामेछापका कृष्ण गहतराज,झापाका तिलकबहादुर विश्वकर्मा र धनकुटाका देवबहादुर विश्वकर्मा निर्वाचित भएका छन् । काठमाडौंबाट निर्वाचित सदस्यहरुमा नविन रसाईली,दिपेन्द्र विश्वकर्मा,केदारनाथ सुनार गहतराज,मानबहादुर विश्वकर्मा,पम्फा श्रेष्ठ,राजिन बराईली,अर्जून विश्वकर्मा र देवी गौतम गहतराज रहेका छन् । सुर्य कुमार बराल र दूर्गा विकलाई पनि सदस्यमा मनोनित गरिएको छ ।
कला व्यवसायीको अध्यक्षमा रिजाल र महासचिवमा सुमन निर्वाचित
