ADVERTISING

Breaking News

मौद्रिक नीति समीक्षामार्फत राष्ट्र बैंकले घटायो बैंकदर, पाँच करोडसम्मको कर्जामा असारसम्म पुनर्संरचना पुनर्तालिकीकरण गर्न सकिने

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंकदरलाई घटाएर मौद्रिक नीतिको कार्यदिशालाई केही लचिलो बनाएको छ । आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले बैंकदरलाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम गरेको हो । विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता लगायतलाई ध्यान दिदै नीतिगत दरलाई ७ प्रतिशतमा यथावत राख्दै बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाइएको हो । यसले निक्षेप तथा ऋणको ब्याज घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधिहरु चलायमान बनाउन सहयोग पुर्याउने गरी ब्याजदर घटाइएको राष्ट्र बैंकले जनाएको छ । कर्जा तिर्न नसकेका कारण धमाधम कालोसूचीमा गइरहेका ऋणीलाई राष्ट्रबैंकको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले राहत दिने भएको छ । केन्द्रीय बैंकले निमार्ण व्यवसायीको वास्तविक क्षेत्रको कर्जा र अन्य क्षेत्रको ५ करोडसम्म कर्जालाई पुनर्संरचन पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था गरेको हो । लघुवित्तका साथै होटल तथा रेष्टुरेन्ट, पशुपन्छी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र ५ करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई पनि असार मसान्तसम्म पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था नीतिमा छ । कर्जा चुक्ता गर्न परेको कठिनाइलाई सहजीकरण गर्न भन्दै यस्तो सुविधा दिइएको समीक्षामा उल्लेख छ । चालु पुँजी कर्जालाई ब्याज नियमित रहेको अवस्थामा कुनै किसिमको हर्जाना र शुल्क नलिने गरी तीन महिनासम्मका लागि २०८० असार मसान्तभित्र म्याद थप गर्न सकिने सुविधा दिइएको हो । मौद्रिक नीतिमा ऋणपत्रलाई २०८० पुस मसान्तसम्म सीडी रेसियोमा गणना गर्नसक्ने व्यवस्था गरेको छ । असार मसान्तसमम्म मात्रै सीडी रेसियोमा गणना गर्नसक्ने व्यवस्थालाई ६ महिना अवधि थप गरिएको हो ।

leave a reply