ADVERTISING

Breaking News

चितवनका पोल्ट्री व्यवसायी कँडेलको मृत्यु प्रकरणलाई लिएर व्यवसायी आन्दोलित, आरोपीलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

काठमाडौः व्यवसायी शंकर कंडेलको मृत्यु प्रकरणमा आरोपीलाई पक्राउ गर्न माग गर्दै चितवनका व्यवसायी आन्दोलित भएका छन ।

कंडेलको आत्महत्या दुरुत्साहन मुद्दामा आरोपी प्रदिप रुङ्गटा र अनमोल फिड्सका कर्मचारी जीवन रावललाई पक्राउ गर्न माग गर्दै व्यवसायीले आज जिल्ला प्रहरी कार्यालयको मूल गेटमा प्रदर्शन गरेका हुन ।

व्यवसायीले आरोपी पक्राउ नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । पोल्ट्रि व्यवसायी कंडेल मंगलबार साझ नारायणगढस्थित अनमोल फिड्सको कार्यालयमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

उनले सुसाइट नोटमा व्यवसायी प्रदिप रुङ्गाटालाई कम्पनीको ८५ प्रतिशत शेयर १ अर्व १५ करोडमा बिक्री गरेको तर रकम दिनुको साटो उल्टो धम्की दिएर मर्न बाध्य पारेको उल्लेख छ ।

प्रहरी आरोपिका विरुद्ध पक्राउ पुर्जि जारि भैसकेको र खोजि कार्य जारि रहेको जनाएको छ ।

leave a reply