काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा एक सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरमा ६४ र एन्टिजेन परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको हो । एकैदिन ७४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै सक्रिय संक्रमितको संख्या ४ सय ३५ पुगेको छ । संक्रमितमध्ये १२ जनाको आईसीयूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । संस्थागत आइसोलेसनमा २७ जना संक्रमित रहेका छन् । तिमध्ये १२ जना सघन उपचार कक्ष आईसीयूमा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् । कोरोनाका कारण कसैको मृत्यु भने भएको छैन । कोरोनाको नयाँ भेरियन्ट आएसँगै संक्रमण बढदो क्रममा देखिएपछि सरकारले कोरोनाविरुद्धको अतिरिक्त मात्रा लगाउन अनुरोध गर्दै आएको छ ।
१०६ जना कोरोना संक्रममित थपिए

Post navigation
Posted in: