काठमाडौ । एसईई परीक्षालाई लिएर मधेस प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । गत दुई आर्थिक वर्षमा कोरोना महामारीको संक्रमणका कारण प्रभावित भएको एसईई परीक्षालाई मर्यादित बनाउन लागि मधेस सरकारले तयारी पूरा गरेको जनाएको हो । एसईई परीक्षालाई मर्यादित, भयरहीत र अनुशासित बनाउनका लागि मधेस सरकारले हरसम्भव प्रयास गर्ने प्रदेश सरकारले जनाएको छ ।
मधेसमा यसअघि नक्कल गरेर परीक्षा उत्तिर्ण गर्ने परिपाटी बढ्दै गएको आरोप लागेपछि मधेस प्रदेशले यस पटकको एसईई परीक्षामा चिट चोर्ने परिपाटीको अन्त्य गर्ने र परीक्षाको बेला सरकारी विद्यालय खोज्ने निजी विद्यालयको कदम अन्त्य गर्ने प्रदेश सरकारको दाबी छ । मधेसमा यस पटकको एसईई परीक्षामा कुल २ सय ७९ परीक्षा केन्द्रमा ७९ हजार ९४ परिक्षार्थीहरु सहभागी हुँदैछन ।
मधेस प्रदेशमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
