काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरूको नियुक्त गरेको छ । न्यायपरिषद्को परामर्शमा आयोगले आज अधिकृतहरूको नियुक्ति गरेको हो । १८ चैतदेखि लागू हुने गरी चितवन दुइको मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपाने नियुक्त भएका छन । त्यस्तै बारा क्षेत्र नं. २ का लागि बारा जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं. १ का लागि तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको छ । मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै १८ चैतदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने छ । उपनिर्वाचनका लागि यही २० चैतमा उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको छ । निर्वाचन भने बैशाख १० गते हुने कार्यतालिका छ ।
आयोगद्धारा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ती
