काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायको पहुँचमा पु¥याउन स्थानीय तहले भुमिका खेल्नुपर्ने बताएका छन् । बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष मगरले अपाङ्गता भएका व्यक्तिहरुलाई न्याय दिलाउनका लागि भूमिका खेल्न स्थानीय तहहरुलाई आग्रह गरेका हुन् । उनले पीडितहरुले कानूनी सहायता खोज्दा उनीहरुलाई हतोत्साही बनाउने प्रवृत्ति देखिएको भन्दै त्यस्तो प्रवृत्ति हटाउनुपर्ने पनि बताए । अध्यक्ष मगरले कानूनी प्रक्रियामा गएपछि न्याय पाइन्छ भनेर पीडितहरुलाई विश्वास दिलाउनुपर्ने र कानूनी प्रक्रियामा जान उत्साहीत बनाउनुपर्ने स्पष्ट पारे ।
अध्यक्ष मगरले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायिक निकायसम्म जानका लागि घर परिवार भित्रैबाट पनि असहयोग भएको भन्दै त्यसो नगर्न पनि आग्रह गरे ।
अपाङ्ग व्यक्तिहरुलाई न्यायको पहुँचमा पु¥याउन स्थानीय तहले भुमिका खेल्नुपर्छ: तपबहादुर मगर
