ADVERTISING

Breaking News

कांग्रेसले तनहुँमा गोविन्द भट्टराई र चितवनमा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने

काठमाडौ । नेपाली काँग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ । आजपार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट जितनारायण श्रेष्ठ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी केन्द्रिय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बारा दुईको सन्दर्भमा भने कांग्रसले १९ गते बस्ने केन्द्रीय समिति बैठकवाट आवश्यक निर्णय गर्ने नेताहरुले जानकारी दिएका छन ।
बारा दुईमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने तयारी कांग्रेसको छ । त्यस्तै कांग्रेसले मिटरब्याजीको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
कानूनी व्यवस्था सँगसँगै तत्काल समस्या समाधानको लागि सरकारले तत्पराता देखाउनुपर्ने र समाधान गर्नुपर्ने कांग्रेसको माग छ । बैठकले सरकारमा पठाउने मन्त्रीहरु टुंगो लगाउने जिम्मेबारी भने सभापति शेरबहादुर देउवालाई दिएको छ । योगदान, दक्षता, समावेशीता, प्रादेशिक सन्तुलनका विषयलाई मध्यनजर गरेर मन्त्री चयन गर्ने निर्णय कांग्रेसले यसअघि नै गरिसकेको छ ।

leave a reply