काठमाडौ । बैशाख दशमा बारा दुईमा हुने उप निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट राजेन्द्र महतो उम्मेदवार बन्ने भएका छन् । काठमाडौंमा आज बसेको लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले महतोतलाई उठाउने सर्वसम्मत निर्णय गरेको हो । महतो मंसिर चारको निर्वाचनमा सर्लाही दुई माओवादीका उम्मेदवार महिन्द्र राय यादवसँग पराजित भएका थिए । बारा दुईमा लोसपा नेपालले पनि सप्तरी दुईवाट पराजित पार्टी अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदबार बनाउने तयारी गरेको छ । सोही क्षेत्रमा सीके राउत नेतृत्वको जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन । उनले माओवादी परित्याग गरेर जनमतवाट उम्मेदवारी दिन लागेका हुन । मंसिर ४ को निर्वाचनमा सो क्षेत्रमा विजयी रामसहायप्रसाद यादव उपरराष्ट्रपति भएपछि उपनिर्वाचन हुन लागेको हो । कुशवाह यादवसँग गत निर्वाचनमा ३ सय ५४ मतले पराजित भएका थिए । त्यस्तै लोसपाले सरकारमा पार्टीका तर्फवाट शरतसिंह भण्डारीलाई पठाउने निर्णय गरेको हो । योसँगै भण्डारी १६औं पटक मन्त्री हुने निश्चित भएको छ । मन्त्रालय भागबन्डामा लोसपालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय परेको छ । भण्डारी मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी २ बाट निर्वाचित भएका थिए । भण्डारीले पञ्चायतदेखि गणतन्त्रसम्म गरेर १५ पटक मन्त्री बनिसकेका छन ।
बारा-२ मा हुने उप निर्वाचनमा लासपाबाट महतो उम्मेदवार बन्ने
