ADVERTISING

Breaking News

मिटर ब्याज पीडित र सरकारविच आज सिंहदरबारमा वार्ता हुँदै

 माग पूरा नभएसम्म घर नफर्कने पीडितको अडान

काठमाडौ । सरकार र मिटर ब्याज पीडित समूहकाबीचमा आज वार्ता हुदैँछ । पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज छलफल हुन लागेको हो । गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितबीच गृह मन्त्रालयमा छलफल हुने तय भएको हो । छलफलमा सरकारी समितिका पाँच जना सदस्य रहने छन् भने पीडित पक्षको तर्फबाट पनि पाँच जना नै रहने गरी १० जनाको सहभागि हुने बताइएको छ । सरकारको समितिमा शर्माको नेतृत्वमा मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनालीसदस्य रहेका छन् भने मिटर ब्याजपीडित संघर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा संघर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव रहनेछन् । ११ दिन हिँडेर काठमाडौं आएका पीडितहरुले माग पूरा नभएसम्म घर नफर्कने अडानमा छन् ।

leave a reply