ADVERTISING

Breaking News

सेतो मच्छिन्द्रनाथको रथ आज कालभैरवसम्म तानिने

काठमाडौ । काठमाडौंको प्रसिद्ध वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ आज असनबाट हनुमानढोकास्थित कालभैरवसम्म तानिदैछ । बेलुका ५ बजेदेखि असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथ यात्रा हुने भएको हो । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । भोलि दिउँसो ४ बजेदेखि हनुमानढोका, चिङ्कमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुने सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै, पर्सि बेलुका लगन आमा रुख परिक्रमा, चैत १९ गते बेलुका लगन, ज्याबहाल, द्यः लं, युतुननी, कोहिती भीमसेन थान, मरु, यट्खा, नरदेवि, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म रथयात्रा हुने कार्यक्रम रहेको समितिले जनाएको छ । लगनमा सेतो मच्छिन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । काठमाण्डौमा मनाइने सेतो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा हुन्छ । वर्षा र सहकालका देवता मानिने सेतो मछिन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास छ । मल्लकालीन राजा यक्ष मल्लको पालादेखि यो जात्रा सुरु भएको मानिन्छ ।

leave a reply