ADVERTISING

Breaking News

शेयर बजारमा दोहोरो अंकले गिरावट

काठमाडौ । शेयर बजार आजपनि दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २६ दशमलव ८५ अंकले घटेर १ हजार ८ सय ८८ दशमलव ३० विन्दुमा कायम भएको हो । आज २ सय ५९ वटा कम्पनीका ३७ लाख ५४ हजार कित्ता शेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड ६१ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आज सबै समूहको शेयर घटेकोमा लघुवित्त र उत्पादन समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । बैंकिङ १७, विकास बैंक ५१, फाइनान्स १९, होटल तथा पर्यटन १८, जलविद्युत् २३, जीवन बीमा ८४, उत्पादन ८७, माइक्रोफाइनान्स १३३, निर्जीवन बीमा १०२, ब्यापार ४३ र अन्य उपसमूह ४ अंक घटेका छन । आज जाल्पा सामुदायिक लघुवित्त, जीवन विकास लघुवित्त, महिला लघुवित्त र युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । बजार राताम्मे हुँदा पनि मायाखोला जलविद्युत् र एसियन हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । त्यस्तै कालिन्चोक दर्शनको शेयर ६ र गुराँस लाइफको मूल्य ४.२ प्रतिशत बढेको छ ।

leave a reply