ADVERTISING

Breaking News

उपप्रधानमन्त्री श्रेष्ठ आज दोहा जाँदै

काठमाडौं : कतारको दोहामा आयोजना हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।

सम्मेलन आइतबार देखि मङ्गलबारसम्म हुने सम्मेलनमा सहभागी हुन श्रेष्ठसहितको टोली आज प्रस्थान गर्न लागेको हो ।

मन्त्री श्रेष्ठले अल्पविकसित राष्ट्रहरूको सम्मेलन र संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नेछन् ।

श्रेष्ठले विभिन्न देश तथा सङ्घ संस्थाका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता पनि गर्ने कार्यसूची रहेको छ ।

leave a reply