ADVERTISING

Breaking News

पल शाहलाई उच्च अदालत पोखराले दियो सफाइ, सोमबार रिहा हुने

काठमाडौं : अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले आइतबार अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो ।

शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने बताइएको छ ।

शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

leave a reply