ADVERTISING

Breaking News

तोसिमा कार्कीको प्रश्न- ‘सडक विभाग र खानेपानी लिमिटेडले कसको स्वार्थमा काम नगरेका हुन् ?’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले काठमाडौं उपत्यकामा निर्माणाधीन सडक आयोजनाहरुको काम समयमै सम्पन्न नभएकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले निर्माणाधीन सडक आयोजनाहरुको काम समयमै सम्पन्न नहुँदा सडक पानी परे हिलो, घाम लागे धुलो हुने र जनताले दु:ख पाइरहेको बताइन् ।

उनले लामो समयदेखि चुनिखेल फर्सीडोल सडक, सातदोबाटो-चापागाउँलगायत सडक अलपत्र रहेको पनि बताइन् ।

उनले राज्यका निकाय गैरजिम्मेवार हुन नहुने बताइन् । राज्यका निकाय गैरजिम्मेवार हुनु कमजोरी मात्र नभएर आम जनतामाथि अपराध भएको उनको भनाइ थियो ।

सडक विभाग र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले कसको स्वार्थमा काम नगरेका हुन् भन्दै सांसद कार्कीले प्रश्न गरिन् ।

leave a reply