ADVERTISING

Breaking News

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन कानून व्यवसायीको माग

काठमाडौं : प्रधानन्यायाधीशको नियुक्ति नहुँदा न्याय सम्पादनमा असर पुगेको भन्दै कानून व्यवसायीहरुले अविलम्व प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

सर्वोच्च अदालत बार एशोसिएशनको ४९ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित भएका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् ।

उनीहरुले लामो समयदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रिक्त हुनु शोभनीय नभएको बताए ।

प्रधानन्यायाधीश नहुँदा न्याय सम्पादनमा असर पर्ने साथै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाप्रति परनिर्भर हुने अवस्था आउने कानून व्यवसायीको भनाइ छ ।

कायममुकायम छोटो समयको लागि परिकल्पना गरिएको पद भएको कानून व्यवसायीको भनाइ छ ।

प्रधानन्यायाधीश नियुक्त हुन नसक्नु राजनीतिक दलहरुको अकर्मण्यता भएको आरोप समेत कानून व्यवसायीले लगाएका छन् ।

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया यथाशीघ्र अगाडि बढाउन उनीहरुको माग छ ।

leave a reply