काठमाडौं : विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
थाइल्याण्डबाट नेपाल आइपुगेका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्यूरोले जानकारी दिएको छ ।
महेशचन्द्र आचार्यले रेग्मविरुद्ध विद्युतीय स्वरुपमा आफ्नो चरित्र हत्या गरेको भन्दै ब्यूरोमा उजुरी दिएका थिए ।
उनीविरुद्ध विद्युतीय अपराध ऐनअन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।