ADVERTISING

Breaking News

टर्की र सिरियामा भुकम्पबाट ज्यान गुमाउनेको संख्या १५ हजार नाघ्यो

 

काठमाडौंः टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले यति ठूलो विपद्को सामनाका लागि पूर्व तयारी गर्न नसकिने बताएका छन । प्रभावितको उद्धार र राहतमा ढिलाइ भएको गुनासो बढेपछि उनले राहत तथा उद्धारमा केही कठिनाइ भएको स्वीकार गरेका हुन ।

राष्ट्रपति एर्डोगानले स्थिति नियन्त्रणमा नै रहेको दाबी समेत गरेका छन । टर्कीका विपक्षी पार्टीले भने उद्धार र राहत कार्यका लागि छिटो र छरितो रुपमा सञ्चालन हुनुपर्ने आपत्कालीन सेवाको व्यवस्थापनमा सरकारको कमजोरी भएको औँल्याएका छन् ।

टर्की र सिरियामा अहिलेसम्म कम्तीमा पनि १५ हजार जनाको ज्यान गएको छ । टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्खंख्या १२ हजार नाघेको छ। त्यहाँको सरकारी सञ्चारमाध्यमका अनुसार हालसम्म टर्कीमा १२ हजार ३ सय ९१ जनाको मृत्यु हुनुका साथै ६२ हजार ९१४ जना घाइते भएका छन् । सिरियाको स्वास्थ्य मन्त्रालयलाई प्राप्त सूचना अनुसार हालसम्म ३ हजार ४२ जनाको मृत्यु भएको छ ।

सहायता संस्थाहरूले भग्नावशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै भेटाउने सम्भावना कम हुँदै गएको बताएका छन । मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ । भूकम्प प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायले पनि राहतका सामग्री पु¥याउन थालेका छन । टर्कीमा भूकम्प प्रभावित १० प्रान्तमा तीन महिनासम्मका लागि सङ्कटकाल लागू गरिएको छ ।

भूकम्पले सिरियामा पनि ठूलो क्षति गरेको हुन सक्ने भनिए पनि त्यहाँको वास्तविक अवस्था के छ भन्ने बारे जानकारी आएको छैन । सिरियामाथि प्रतिबन्ध रहेको र त्यहाँ विद्रोही समूह सक्रिय रहेकाले उद्धारसँगै राहत पुर्याउने काम प्रभावित भएको छ ।

राष्ट्रपति बसर अल असदले सरकार तथा विद्रोही समूहको कब्जामा रहेका क्षेत्रसम्म सहयोग पु¥याउन समस्या नरहेको बताएका छन ।

टर्की र सिरियामा सोमवार ७.८ म्याग्निच्यूड र ७.५ म्याग्निच्यूडका दुई भुकम्प गएको थियो ।

leave a reply