ADVERTISING

Breaking News

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलबीच बालकोटमा भेट

काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलविच आज भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीको बालकोटस्थित निवासमा दुई सत्ता साझेदार दलका अध्यक्षविच करिव डेढघन्टा भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रपतिको उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालय छाडेपछि रिक्त रहेको मन्त्रालयको विषयमा छलफल भएको बताइएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि सत्ता साझेदार दलले कसलाई उम्मेदवार उठाउने भन्ने विषयमा निरन्तर छलफलमा छन ।

दुई नेताविच मंगलबारपनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदैछ । सरकार गठनका बेला प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले लिने सहमति भएपनि पछिल्लो समय प्रधानमन्त्री दाहाल राष्ट्रिय सहमतिको पक्षमा देखिएका छन ।

प्रधानमन्त्री दाहाल कांग्रेसप्रति सकारात्मक भएको भन्दै एमाले नेतृत्वले असन्तुष्टि जनाउदै आएको छ ।

leave a reply