एजेन्सी : चीनले आफ्नो आकाशमा जासुसी गरिरहेको आरोप अमेरिकाले लगाएको छ । केही दिन यता अमेरिकी आशाकमो निकै माथि उचाईमा एउटा बेलुन उडिरहेको फेला परेपछि अमेरिकाले यस्तो आरोप लगाएको हो ।
एउटा बेलुन मोनाटाको आकाशमाथि उडिरहेको पत्ता लागेको भन्दै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सो बेलुन चिनियाँ जाजुसीको भएको दाबी गरेको हो ।
बेलुन उडिरहेको क्षेत्र वायुसेनाको आधार र आणविक अस्त्र भण्डारणको क्षेत्र हो । सो खसाल्न एफ–ट्वेन्टी टु फाइटर विमान तयार गरिएपनि ह्वाइटहाउसले त्यसमा रोक लगाएको थियो ।
मोनाटाको घना बस्तीमा बेलुन खस्ने देखिएपछि ह्वाइटहाउसले अनुमति नदिएको बताइएको छ ।
पेन्टानगका प्रवक्ता प्याट्रिक राइडरले अहिले भने चिनियाँ बेलुन नागरिक उडान क्षेत्रमा रहेको र अमेरिकी जनताका लागि तत्काल क्षति पुर्याउने अवस्था नरहेको जनाएका छन । बेलुनका विषयमा अमेरिकाले चीनलाई सचेत गराएको छ ।