ADVERTISING

Breaking News

विदेशी ब्रान्डका नक्कली मदिरासहित तीन जना पक्राउ

काठमाडौ । काठमाडौँबाट विदेशी ब्रान्डका नक्कली मदिरासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी अनुसन्धान कार्यालयको टोलीले मंहगो ब्रान्डका नक्कली मदिरासहित तीन जनालाई मित्रनगरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा मित्रनगरमा रहेको एसटी लिक्वेर स्टोरका निरज उप्रेती, धर्मी गौडेल र गणेशबहादुर रानामगर रहेका छन् । उनीहरुले ललितपुरको महालक्ष्मीथानमा कारखाना नै सञ्चालन गरेर विदेशी ब्रान्डका नक्कली मदिरा उत्पादन गर्ने गरेको खुलासा भएको छ ।
काठमाडौँ प्रहरीले पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ । उनीहरुले खुकुरी रम, रुस्ला भोड्का लगायत महँगा ब्राण्डका रक्सीको बोतलमा नक्कली मदिरा राखेर बेच्ने गरेको अनुसन्धानमा खुलेको छ ।

leave a reply